कात्तिक १८ गतेअघि घरदैलो बाहेकका प्रचारप्रसार नगर्न आयोगको चेतावनी

कात्तिक १८ गतेअघि घरदैलो बाहेकका प्रचारप्रसार नगर्न आयोगको चेतावनी
+
-

काठमाडौँ – निर्वाचन आयोगले कात्तिक १८ गतेअघि घरदैलो बाहेकका चुनावी प्रचार–प्रसारका लागि अरु काम नगर्न चेतावनी दिएको छ।

निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिदेखि मात्रै प्रचार–प्रसारका लागि समय दिएको स्मरण गराउँदै आयुक्त रामप्रसाद भण्डारीले उल्लंघन गरेमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने बताए।

उनले कात्तिक १८ गतेअघि कोणसभा, आमसभा, गोष्ठी सेमिनारजस्ता कुनै पनि काम गर्न आग्रह गरे।

आयुक्त भण्डारीले भने, ‘आयोगले मात्रै बनाएको आचारसंहिता होइन, दलका प्रतिनिधिसमेत सहमत भएर बनेको आचारसंहिता हो। उहाँहरुले यसलाई इमानदारिताका साथ पालना गर्नुपर्छ। मतदानभन्दा १७ दिनअघि मात्रै चुनाव प्रचार–प्रसार गर्न पाइन्छ।’

आचारसंहिताले घरदैलो कार्यक्रम गर्दा पनि संयमित भएर गर्न दल तथा उम्मेदवारहरुलाई सुझाव दिएको छ। ‘बाजागाजा तामझाम गरेर जान घरदैलो गर्न पाइँदैन। २५ जनाभन्दा बढी जना पाइँदैन, घरदैलोमा जाँदा भोजभतेर गर्न सुरु गर्नुभयो, तामझाम गर्नुभयो भन्ने उजुरी आएको छ,’ आयुक्त भण्डारीले भने, ‘निर्वाचन अधिकृतले कारबाही नगरे आयोगले गर्छ। कठोर बन्छ। अहिले घरदैलोभन्दा बढी गर्न पाइँदैन।’

उनले आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजसम्म गर्ने चेतावनी दिए। ‘आचारसंहिता पालना नभए उम्मेदवारी खारेजी पनि पनि हुन सक्छ। आचारसंहिता कार्यान्वन गर्न आयोगले कुनै कसर बाँकी राख्दैन,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?