
काठमाडौँ – सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशको पालना गर्दै रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङको उम्मेदवारी कायमै राखिएको जनाएको छ।
गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ बैंकिङ कसुरमा दोषी ठहर भइ कालोसूचीमा परेको उजुरी परेपछि असोज २५ गते निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गरेको थियो।
उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा दिएको रिट निवेदनको सुनुवाइ गर्दै आइतबार उम्मेदवारी नै रद्द गर्ने निर्णय कार्यान्वनय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
आदेश प्राप्त गरेपछि सोमबार निर्वाचन अधिकृत उदविर नेपालीले उम्मेदवारी कायम गरिएको जनाएका हुन्। सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न कात्तिक २ गते दुवै पक्षलाई बोलाइको छ।
रुपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि पनि प्रतिस्पर्धामा छन्।