चितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले गरे उम्मेदवारी निष्क्रिय, पौडेललाई सघाउने प्रतिवद्धता

चितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले गरे उम्मेदवारी निष्क्रिय, पौडेललाई सघाउने प्रतिवद्धता
+
-

काठमाडौँ – नेपाली कांग्रेसले टिकट नदिएपछि चितवन क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका राजेन्द्र प्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन्।

बुर्लाकोटीले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन भूमिका खेल्ने बताएका हुन्।

नेपाली कांग्रेसले चितवन–१ बाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको थियो। कांग्रेसले पौडेललाई टिकट दिएपछि बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

‘पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले चितवन क्षेत्र नम्बर १ मा रहेको मेरो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गर्दछु,’ बुर्लाकोटीले भनेका छन्, ‘साथै आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउने नेतृत्वदायी भूमिका खेल्ने छु।’

नेपाली कांग्रेसले आजसम्म आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई सघाउने प्रतिवद्धता जनाए बागी उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थकलाई गरिएको कारबाही फिर्ता लिने जनाएको थियो।

यसअघि कांग्रेसले बागी उम्मेदवार र बागीका प्रस्तावक र समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?