सशस्त्रका आईजीपी अर्यालको सुझावः मतपेटिका ढुवानीमा सुरक्षा निकायका गाडी प्रयोग नगरौँ

सशस्त्रका आईजीपी अर्यालको सुझावः मतपेटिका ढुवानीमा सुरक्षा निकायका गाडी प्रयोग नगरौँ
+
-

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारीसाधन प्रयोग गर्दा उपयुक्त नहुने बताएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारीसाधनमा मतपत्र ल्याएको कारणले आफूहरु हार्नुपरेको आरोप लगाउने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सुझाव दिए।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरु परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे। निर्वाचनमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन आग्रह गरे।

उनले भने, ‘निर्वाचनमा सुरक्षा निकायले सबै स्थानमा राम्रो भयो। कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नुपर्ने हुन्छ। त्यो भएकाले सबैले संवेदनशील भएर सबै सुरक्षा निकायलाई त्यही अनुसार परिचालन गर्नुहोला। चुनाव सकिएपछि मतपत्र ढुवानीको बेलामा सुरक्षा निकायको सवारी प्रयोग नगर्ने भन्नेछ। त्यो दिन ल्याउनुपर्ने भन्ने पनि हुनसक्छ। त्यो सुरक्षा निकायको सवारीमा ल्याउँदा चुनावमा हारजित कसको हुन्छ, त्यो बेला सुरक्षा निकायको सवारीमा ल्याएकाले यस्तो भयो भन्ने हुनसक्छ। त्यो भएकाले सकेसम्म सुरक्षा निकायको सवारी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ। ’

बैठकमा बोल्दै नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए।

उनले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरुसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?