‘घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार’ भनी प्रचार गरेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण

‘घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार’ भनी प्रचार गरेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण
+
-

काठमाडौँ – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घनका विषयमा स्पष्टीकरणको शृङ्खलालाई निरन्तरता दिएको छ।

आयोगले मनोनयनपत्र दर्ता गराएका राष्ट्रिय स्वतत्र पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचार–प्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदातासमेतलाई भ्रमित गर्ने गरी गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानुनको उल्लङ्घनसमेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

‘…तपाईंबाट उक्त कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लघङ्न हुने भएकाले तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्नुहोला,’ आयोगले भनेको छ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?