
सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला आइपुगेका छन् ।
प्रदेशसभा सदस्य पदका लागि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका शाही चुनावी प्रचारका लागि मुख्यमन्त्री शाही जिल्लामा पुगेका हुन् ।
खराब मौसमको कारण काठमाडौँबाटै उम्मेदवारी दर्ता गराएका उनी पहिलाेपटक गृह जिल्लामा पुगेका हुन् ।
उनले सिमकोट बिमानस्थलमा संक्षिप्त कुरा गर्दै जिल्ला आउने काम भएको र अव चुनावी प्रचार-प्रसारका कार्यक्रम अगाडि बढाउने तयारी रहेकाे बताएका छन् ।
उनलाई सिमकोट बिमानस्थलमा प्रमुख जिल्ला अधिकारी सीता परियारलगायत सुरक्षा निकायका प्रमुख तथा कांग्रेसकै नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
यसअघि एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार दल रावल जिल्लामा आइसकेका छन् ।