देश कसैको दम्भ र अहंकारबाट चल्न सक्दैनः मन्त्री कुँवर

देश कसैको दम्भ र अहंकारबाट चल्न सक्दैनः मन्त्री कुँवर
+
-

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने भन्दै पार्टी र देश सहकार्य, शालिनता र एकअर्काको अस्तित्व स्वीकारबाट मात्र चल्ने बताए।

उनले विज्ञान र प्रविधिको उपयोगबारे अछामका युवाहरुले पनि बुझेकाले त्यो बुझाइलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा सत्ता गठबन्धनमा मत हालेर प्रटक गर्ने आफूले विश्वास लिएको बताए।

सत्ता गठबन्धनबाट अछाम क्षेत्र नम्बर १ का साझा उम्मेदवार रहेका मन्त्री कुँवरले कस्ता उम्मेदवारले अछामी जनताको प्रतिनिधित्व गर्न सक्छन् भन्ने कुरा जनतालाई थाहा भएकाले अछामी जनताले गठबन्धनलाई मत दिने विश्वास व्यक्त गरे। त्यस्तै उनले भीम रावल राष्ट्रिय नेता तथा अछामी जनताको अभिभावकसमेत रहेकाले एमालेले टिकट नदिएर सही वा गलत गर्‍यो भन्ने कुरा जनताले फैसला गर्ने बताए।

कार्यक्रममा अछाम क्षेत्र नम्बर १ प्रदेशसभा (क)का उम्मेदवार मेघराज खड्काले प्राकृतिक स्रोत र साधनले भरिपूर्ण सुदूरपश्चिम धेरै सम्भावना बोकेको क्षेत्र भएकाले त्यसलाई नमुना र समृद्ध प्रदेश बनाउन भूमिका खेल्ने गरी आफूले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएको बताए।

त्यस्तै मन्त्री कुँवरले आफूले श्रम मन्त्रालय सम्हालेको चार महिनाको बीचमा श्रमिकको हकहित सुरक्षित गर्ने, श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्ने, श्रमिकको उपचारमा लाग्ने खर्चलाई अनलाइन प्रणालीबाट भुक्तानी दिनेलगायत काम गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?