कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने
+
-

काठमाडौँ – नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो।

संयोजकसहित सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहेका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।

बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घट्न सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए।

त्यसैगरी बैठकमा पार्टीको चुनावी घोषणापत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागिगर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताए।

उनले भने, ‘केन्द्रीय निर्वाचन परिचालन समिति छ। खासगरी ७ वटै प्रदेशमा संयोजक तोक्नुपर्ने सुझाव छ। त्यसपछि परिचालनका लागि मेनेफेष्टको कुरा छ। त्यसपछि विभिन्न निर्वाचन क्षेत्रभित्र कसरी काम गर्ने भन्ने छ। त्यस्तै नेपाली कांग्रेस अहिले गठबन्धनमा छ। गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौँ। त्यसले गर्दा समानुपातिकमा भोट घटन सक्छ। त्यसलाई कसरी म्यानेज गर्ने? यी सब कुराहरुमा छलफल गरियो। अब जति पनि सुझावहरु आएका छन्, ती सबै सुझावहरुलाई समेटेर यस समितिको कामलाई व्यवस्थापन गर्छौं।’

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। सत्तारुढ गठबन्धनले यसअघि नै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?