दाङ- २ मा शंकर कि रेखा?

दाङ- २ मा शंकर कि रेखा?
+
-

दाङ – दाङ क्षेत्र नं. २ को यसपालीको प्रतिनिधिसभा निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमासमेत प्रभाव पार्ने निश्चित छ । किन कि यो क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेकपा माओवादी केन्द्रकी रेखा शर्माबिच प्रतिष्पर्धा छ ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि चुनाव लड्ने भनेर थप चर्चामा थियो । तर, अन्तिममा महराले चुनाव नलड्ने बताएपछि शंकर पोख्रेललाई वाक ओभर दिएको समेत चर्चा छ । महरा अहिले समानुपातिकबाट समेत आफ्नो नाम झिकेर संसदीय राजनीतिबाट बाहिर छन् । अघिल्लो निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट कृष्णबहादुर महरा निर्वाचित थिए ।

शंकर पोख्रेल यही क्षेत्रको प्रदेश १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । जसले प्रदेशको मुख्यमन्त्री भएर प्रदेशको नेतृत्व गरे । अहिले प्रतिनिधि सभामा पोख्रेल जान चाहन्छन् । ०७४ को निर्वाचनमा महरा र नेपाली कांग्रेसका राजु खनालबिच प्रतिस्पर्धा थियो । महराले ४० हजार ४२ मत पाएका थिए । खनालले २५ हजार ८९७ मत पाएका थिए । अहिले उनै खनाल गठबन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदावरी दिएका छन् । शंकर पोख्रेल निर्वाचित भएको प्रदेश निर्वाचन क्षेत्र २(१) बाट खनालको उम्मेदावरी छ । खनाल र एमालेका बलिभद्र राणाको विचमा कडा टक्कर हुने आँकलन छ । प्रदेश निर्वाचन क्षेत्र २(२) बाट एमालेका गिरीराज केसी र कांग्रेसका प्रचण्ड न्यौपाने(गुन्टु)को मैदानमा छन् । अघिल्लो निर्वाचनमा शंकर पोख्रेलले २० हजार ७२३ मत पाएका थिए । कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत पाएका थिए ।

एमालेका नेताहरू भने महरा उम्मेदवार नहुने भएपछि पोखरेललाई सहज भएको बताउँछन् । एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीका अनुसार महासचिव शंकर पोख्रेलको जीत सुनिश्चित भएको बताउछन् ।‘समग्र देशको विकासको लागी महासचिव कमरेडको जीत सुनिश्चित छ’उनले भने,‘दाङका सबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार जीत्ने बातावरण बन्दै छ ।’

पोख्रेलले ०५१ सालमा दाङ- २ बाट निर्वाचन जितेर पहिलो पटक प्रतिनिधि सभाका सदस्य भएका थिए । ०६४ सालमा संविधानसभा निर्वाचनमा पोखरेल समानुपातिकबाट सांसद बने । त्यसपछि ०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भए ।

माओवादी केन्द्रका नेताहरूका अनुसार रेखा शर्मालाई चुनाव जित्न सहज भएको दाबी गर्छन् । ०७० सालको संविधानसभा र ०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी शर्मा पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेकी हुन् । तर, शर्मालाई पनि पार्टीको महासचिव भइसकेका शंकर पोखरेलसामु जित निकाल्न सहज देखिँदैन । गत स्थानीय तहको निर्वाचनमा घोराही र तुलसीपुरमा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेले जीत निकालेको थियो । त्यो जनमताका आधारमा महासचिव शंकर पोख्रेललाई जीत निकाल्न कठिन देखिँदैन ।

दाङ- २ ले घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिकासहित तुलसीपुर उपमहानगरपालिका ४ वटा वडा समेट्छ ।

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट माओवादीका उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’लाई पाँच हजार मतान्तरले पराजित गर्दै एमालेका नरुलाल चौधरी निर्वाचित भएका थिए । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३३८ मत प्राप्त गरेका थिए । स्थानीय तहको मत अनुसार घोराहीमा एमाले गठबन्धनभन्दा पाँच हजार मतले अगाडि देखिन्छ ।

क्षेत्र नं. २ मा पर्ने बगलाचुली गाउँपालिकामा भने एमाललेलाई हराउँदै सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएको थियो । गठबन्धनबाट माओवादीका उम्मेदवार तुलसीराम पुन (सुवास) ले ५ हजार ७ सय मत प्राप्त गर्दै विजयी प्राप्त गरेका थिए । एमालेका उम्मेदवार भेषराज खत्रीले ३ हजार ६७८ मत ल्याएका थिए । गठबन्धनबाट माओवादीका उम्मेदवार पुनले एमालेका खत्रीले दुई हजार ७१ मतान्तरले पराजय गरेका थिए ।

क्षेत्र नं. २ मै पर्ने तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामध्ये १७ मा एमाले र १८, १९ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?