गठबन्धनले राजनीतिक स्थायित्व ल्याउने आधार गुमाइसक्योः शंकर पोख्रेल

गठबन्धनले राजनीतिक स्थायित्व ल्याउने आधार गुमाइसक्योः शंकर पोख्रेल
+
-

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजनीतिक स्थायित्वले मात्रै देशमा समृद्धि आउने भन्दै राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताएका छन्।

नेकपा एमाले घोराही उपमहानगरपालिका–१२ कमिटीले बुधबार अवलडाँडामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले संसदमा बहुमत ल्याएर राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताएका हुन्।

कांग्रेसले आधा सिटमा मात्रै उम्मेदवारी दिएको र माओवादी, एकीकृत समाजवादीले संसदमा केही सिटमा मात्रै लड्न लागेकाले उनीहरुले संसदमा स्थायी सरकार ल्याएर राजनीतिक स्थायित्व कायम गर्ने र देशलाई समृद्ध बनाउने भन्ने कुरा सम्भव नै नभएको बताए।

मिलिजुली, गठबन्धन सरकार बनाउँदा देशको विकासको अवस्था र राजनीतिक अवस्था कस्तो हुन्छ भन्ने अहिलेको सरकार र कामले देखाइरहेको भन्दै एमालेले प्रतिनिधिसभाका लगभग सबै सिटमा उम्मेदवार उठाएकाले एकल बहुमतको स्थायी सरकार बनाउने पूर्ण आधार खडा गरेको बताए।

महासचिव पोख्रेलले एमाले र गठबन्धनबीचको अन्तर गाउँघरमा अलपत्र अधुरा कामले नै देखाइरहेको भन्दै एमाले सरकारका पालामा थालिएका मात्रै होइन अधुरा सबै काम पूरा गर्न एमाले सरकार आवश्यक रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?