ओलीसँग फोनमा कुरा गर्न १ लाख १३ हजारले टिपाए नाम र नम्बर

ओलीसँग फोनमा कुरा गर्न १ लाख १३ हजारले टिपाए नाम र नम्बर
+
-

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सर्वसाधारणसँग फोनमा संवाद गर्दैछन्। जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ।

ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्। उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिएका छन्। संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने भएका छन्।

उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गरेका थिए। तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?