पर्सामा करोडौँको बजेट दिएँ, जिल्लाको नाम सधैँ माथि राखेँः कर्ण

पर्सामा करोडौँको बजेट दिएँ, जिल्लाको नाम सधैँ माथि राखेँः कर्ण
+
-

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ का सांसद पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मण लाल कर्णले पर्सामा करोडौँको बजेट दिएको दाबी गरेका छन्।

वीरगञ्जमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफू सांसद हँुदा क्षेत्र नम्बर ४ सहित पूरै पर्सा जिल्लामा करोडाँैको बजेट विकासका लागि दिलाएको बताए।

सतारुढ गठबन्धन वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेको कर्णले सांसद हुँदा एउटा फोनको माध्यमबाटै विभिन्न मन्त्रालयबाट समेत बजेट ल्याएर जिल्लामा विकास गर्ने कार्यमा सहयोग पुर्‍याएको बताए। कर्णले करोडाँैको बजेट दिँदा पनि आफूले अहिलेसम्म त्यसबाट कुनै कमिसन नमागेको तथा नखाएको पनि दाबी गरे।

उनले अहिले आफू क्षेत्र नम्बर १ को उम्मेदवार भए पनि यहाँको विकास निर्माणका लागि नै यसपालि अन्तिम पटक चुनावमा उठ्न लागेको जिकिर गरे।

नजिकिएको तिहारपछि क्षेत्र नम्बर १ मा आफ्नो चुनाव चिह्न साइकल छापको मात्रै लहर आउने कुरामा आफू ढुक्क रहेको उनको भनाइ थियो।

उनले क्षेत्र नम्बर १ का आममतदाता तथा गठबन्धनमा रहेका अन्य नेतासित समेत साइकल छापमा मत मागिदिन आग्रह गरे।
सांसद हुँदा विभिन्न महत्वपूर्ण समितिको संयोजकमा आफूले काम गरेकाले अहिलेसम्म पूरै देशभरि पर्सा जिल्लाको नाम माथि राख्ने कार्य गरेको कर्णको जिकिर थियो।

कर्ण मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट सतारुढ वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छन्।
उनी ०७४ सालको प्रतिनिधि निर्वाचनमा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?