एमसीसी पारित हुनुअघि ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थियौँ : नारायणकाजी श्रेष्ठ

एमसीसी पारित हुनुअघि ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थियौँ : नारायणकाजी श्रेष्ठ
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरूले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन्।

माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताए।

नेता श्रेष्ठले उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायत नेता सहभागी थिए।

यस्तै, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र आफूसहितका केही नेता सहभागी भएको उनले बताए।

माओवादी एमसीसी फेल गर्ने पक्षमा भए पनि ओलीले विफल पार्न साथ नदिँदा व्याख्यात्मक टिप्पणीसहित पारित गरेको श्रेष्ठले बताए।

आगामी चुनावमा पनि कम्युनिष्ट एकताका लागि आफूहरूले पहल गरे पनि एमाले अध्यक्ष ओलीका कारण त्यो सफल नभएको उल्लेख गरे।

त्यस्तै, गठबन्धन दलभित्रको चुनावी तालमेल आफूहरूको इच्छा नभएर बाध्यात्मक परिस्थितिको उपज भएको बताए।

उनले अहिलेको गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक रुपमा बनाएको दाबी गरे। मुलुकको एजेन्डा र विचारको हिसाबले माओवादीभन्दा अर्को कुनै शक्ति नभएको श्रेष्ठले जिकिर गरे।

नेता श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्ड चितवनमा चुनाव हार्ने डरले गोर्खा आएको कुरा सत्य नभएको बताए। उनले अन्तिम समयमा प्रचण्डले गोरखाबाट चुनाव लड्ने निर्णय लिनुको कारण जनयुद्धको लिगेसीसँग जोडिएको बताए।

जनयुद्ध सुरु गर्ने बेला केन्द्रीय कमिटीको तयारी बैठक गोरखामा भएको र जनयुद्ध सुरुवातको आवश्यक फौजी तयारी पनि त्यहीँ गरिएकाले प्रचण्डले गोर्खा रोजेको उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?