माधव नेपालले प्रष्टीकरण पत्र नबुझ्दै आयोगले अघि बढायो कारबाही प्रक्रिया

माधव नेपालले प्रष्टीकरण पत्र नबुझ्दै आयोगले अघि बढायो कारबाही प्रक्रिया
+
-

काठमाडौँ – निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ।

अध्यक्ष नेपालले प्रष्टीकरण पत्र नबुझ्दै आयोगले उनलाई कारबाहीको प्रक्रिया अघि बढाएको हो।

नेपालले बेरोजगार युवालाई फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाइदिने आश्वासन बाँडेको समाचार सार्वजनिक भएको भन्दै आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो। आयोगले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिने भनेको छ।

यो पनिः ‘फ्री भिसा, फ्री टिकट’बारे माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

स्पष्टीकरण सोधेकै दिन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र लेखेर नेपालमाथि कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। स्रोतका अनुसार नेपालले आयोगको प्रष्टीकरण पत्र बुझिसकेका छैनन्।

‘माधवकुमार नेपालले निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले यस सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ,’ आयोगले रौतहट प्रहरीलाई लेखेको पत्रमा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?