गठबन्धन रहरले बनेको होइन, देशको आवश्यकता होः शिक्षामन्त्री पौडेल

गठबन्धन रहरले बनेको होइन, देशको आवश्यकता होः शिक्षामन्त्री पौडेल
+
-

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभइ देशको आवश्यकताले बनेको बताएका छन्।

ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे।

‘संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो,’ मन्त्री पौडेलले भने, ‘प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ।’

सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेदवार बनेका मन्त्री पौडेलले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताए।

जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई/दुई पटक संसद् भङ्ग गरेको दृष्टान्त सुनाउँदै उनले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताए।

मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा बागलुङका सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरे।

‘जिल्लाका सबै स्थानीय तहमा गठबन्धनको जनमत बढी छ, विगतको चुनावी परिणाममा पनि हामी अगाडि छौँ, यहाँ अरु कसैले जित्ने सम्भावना छैन,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?