काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङ सम्बन्धी मुद्दाको सुनुवाई दुई न्यायाधीशको संयुक्त इजलासमा हुने भएको छ ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट रुपन्देही–२ का उम्मेदवार गुरुङको मुद्दाको पेशी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ। उनको पेशी दोस्रो नम्बरमा रहेको छ ।
बैंकिङ कसुरमा दोषी ठहर भएपछि कालोसूचीमा परेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो। तर, गएको हप्ता सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने पाउने छन् ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































