काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्।
अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।
वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताए।
ओलीले भने, ‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु–यो सरकार काम गर्न जन्मेकै होइन। यसलाई काम गर्ने फुर्सद नै छैन। त्यसकारण यो बेग्लै उद्देश्यसाथ बनेको सरकार हो। अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ। हाईवेको गाडीभन्दा छिटो विकासका गति अगाडि बढ्छ। हाम्रो देशको विकासको गति अगाडि बढ्छ। साथीहरू ढुक्क हुन म आग्रह गर्दछु। र, यो सन्देश तपाईहरूले गाउँगाउँमा लिएर जानुहोस्। गाउँगाउँमा लिएर गएर महाअदालत बसेर महाफैसला मंसिर ४ गते गर्दै छ। अदालत सदालत धेरै बसे। सरकार हटाए। त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दै छ। त्यसले महाफैसला गर्नेछ। त्यो महाफैसला सही हुनुपर्छ। सही फैसला गर्न, गराउन साथीहरू लाग्नुस्। म त्यही आग्रह गर्न चाहन्छु।’
अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरूले गरिरहेको आरोपसमेत लगाए। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरूले निर्वाचन आचारसंहिता विपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए। एमाले जनतालाई सचेत बनाउने र देशलाई समृद्ध बनाउने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस काममा आफूहरू प्रतिबद्ध रहेको दोहोर् याए।
उनले झापाको दमकमा रंगशाला बनाउन आफैंले काम सुरु गरेको र त्यो काम पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे।
अध्यक्ष ओलीले भने, ‘अरुले भनेजस्तो हामी फ्रि भिसा, फ्रि टिकट यस्तो भनेर हिँडेका छैनौं। मान्छे अल्मल्याएर हिँडेका छैनौं। विना ढेउवा पनि भनेका छैनौं। मान्छे अल्मल्याउने काम गरेका छैनौं। हाम्रो काम अल्मल्याउने होइन। जनतालाई सचेत बनाउने हो, संगठित बनाउने हो। र, अगाडि बढाउने हो। दमक रंगशालाको कुरा गर्नुभयो दमकमा। त्यहाँ रंगशाला बनाउनुपर्छ मैले भनेँ। सशष्त्र प्रहरीले लिएको जमिन मैले लिए। दशांै अरवको रंगशाला बनाउनु छ। उपभोक्ता समिति बनाउन सुरु भयो। अनि दुनिँयामा रंगशाला बनाउँदा समिति बनाउँछ ? पोखरामा हामीले रंगशाला बनायौं। कहाँ समिति बनाइयो ? जनकपुरमा रंगशाला बनायौं। कहाँ समिति बनाइयो ? अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउँछु भनेपछि अनेक झमेला गरेर ढिला भयो। मैले भनिसकेको छु–रंगशाला बनाउँछु। अव रंगशालाका कुरा सुरु गरेँ मैले। काम सुरु गरेँ मैले। जमिन तयार गरेँ मैले। बजेटमा पारेँ मैले। आगामी हाम्रो चुनावी घोषणा पत्र छिट्टै आउँदैछ। त्यसमा त्यसमा साथीहरूले ढुक्कले हेर्नु भए हुन्छ। हामीले के गरेको छौं विगतमा साथीहरूले देख्नु भएको छ। अरुले २० वर्षमा नगरेको काम तीन वर्षमा गर्यौं। यो तीन वर्षमा भुईचालोका भत्काएका ७ लाख घर बनाएर पीडितहरूलाई हामीले हस्तान्तरण ग¥यौं। कतिपय तपार्इंहरूले पनि पाउनुभयो होला। हजारौं विद्यालय, हजारौं प्रहरी चौकी, हजारौं सरकारी भवन, हजारौं अस्पताल निर्माण ग¥यौं। दुई सय १० वटा बाटौ एकैचोटी शिलान्यास गरेको अघि बढायौं। हुलाकी राजमार्ग लगभग तयार ग¥यौं। हजारौं पुल, मदन भण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग त्यसले मध्यपहाडको विकास ग¥यो। र, सदरमुकामहरू जोडने काम ग¥यो। किमाथाङ्का सदाबहार जोडने बाटो एमाले बाहेक कसले सोचेको थियो ? अव केही मिटर चट्टान काट्न बाँकी छ। सेनालाई दिइएको छ। किमाथांका यसले सुगम बनाउँछ। देशको सबै ठाउँको विकास गरिन्छ।’
उनले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको बताए। उनले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































