नेताहरू आश्वासनका पोका बाँड्न घरदैलोमा, जनता उज्यालो नहुँदै मलको लाइनमा

नेताहरू आश्वासनका पोका बाँड्न घरदैलोमा, जनता उज्यालो नहुँदै मलको लाइनमा
+
-

काठमाडाैँ- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिइरहेकाे छ। असारे राेपाइँमा हतारिएका किसानजस्तै नेताहरू पनि आफ्नाे खेती सपार्न (प्रचार-प्रसार गर्न) कुदिरहेका छन्।

मंसिर ४ गते निर्वाचनकाे मिति तय भइसकेकाे छ। जसका लागि निर्वाचन आयाेगले बिहीबारबाट राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचार-प्रसार तथा आमसभा गर्न पाउने बाटाे खुलाएकाे छ। यससँगै नेताहरू चुनावी खेती गर्न हाेमिएका छन्, प्रचार-प्रसारका कार्यताई तीव्रता दिइरहेका छन्।

नेताहरूले अनेकन आश्वासनका पाेका बाँडेर चुनावी मैदानमा हाेमिँदै गर्दा वर्षभरि दु:ख गरी मानाे लगाएर मुरी फलाउने किसानका समस्या भने जस्ताकाे तस्तै छन्।

अनेकन प्राकृतिक तथा दैविक प्रकाेप त छ नै, त्यसबाहेक पनि किसानका समस्यालाई राज्य र सम्बन्धित निकायले पहल नगरिदिँदा कृषि-प्रधान देश भनेर चिनिने नेपालमा कृषिमा आत्मनिर्भरता छैन।

दलहरू चुनावी प्रचार-प्रसारमा व्यस्त रहँदा यतिबेला कागेश्वरी मनाेहरा वडा- २ का किसान भने मल नपाएर चिन्तित छन्। बिहान पाँच बजेदेखि लाइनमा बसेर ८ बजे बल्ल मल पाएकाे स्थानीय किसान कृष्ण पुडासैनीकाे गुनासाे छ। याे चिसाेकाे समयमा तीन घण्टा लाइनमा बसेर पनि चाहिएकाे जति मल नपाएकाे उनी गुनासाे गर्छन्।

उनी भन्छन्, ‘याे चिसाेमा बिहान ५ बजेबाट लाइनमा बसेँ, आठ बजे दश किलाे मल पाएँ। नाै राेपनी जग्गा छ, कतिमा राख्ने हाेला?’

निर्वाचनका बेला राजनीतिक दलका घाेषणापत्रमा किसानका समस्या जाेडिए पनि कार्यान्वयन नहुने विषय जाेड्दै उनी भन्छन्, ‘आश्वासन सधैँ आउँछन्, तर कार्यान्वयन कहिल्यै हुँदैन। उम्मेदवार चुन्दा हामी पनि सजग हुन सकेनाैँ। यसपाली हामीले साेंचेरै मतदान गर्नुपर्छ।’

यता, अर्का किसान बद्री पुडासैनीकाे गुनासाे पनि उस्तै छ। बिहानैदेखि लाइनमा बसेका उनले दश किलाे युरिया र चार किलाे कम्पाेष्ट मल लिएर फर्किए। मल पर्याप्त मात्रामा पाउन नसक्दा आफूहरूलाई खेतीबाली गर्न समस्या भएकाे उनकाे गुनासाे छ।

रासायनिक मल लिनका लागि त्यस क्षेत्रमा करिब २ सय जना कृषक लाइनमा बसे। बिहान ५ बजेदेखि लाइनमा बसेका अधिकांशले दश किलाेका दरले मल पाए। तर, पछि गएकाहरूले मल अभावका कारण पाँच किलाे मात्र मल पाएकाे गुनासाे गर्छन्। जमिन धेरै छ तर त्यसकाे लागि आवश्यक मल नहुँदा समयमा खेती गर्न पाउने अवस्था नरहेकाे लाइनमा रहेका अधिकांश कृषककाे गुनासाे छ।

बर्खे बाली लगाउँदा पनि मलकाे यस्तै हाहाकार थियाे। लाइनमा बसेर मल लिन जाँदा मल सकिएर घण्टाैँ लाइन बसेका किसान पनि रित्ताे हात घर फर्किएका थिए। ठाउँ-ठाउँमा मल नपाएर किसानले ढुवानीका लागि हिँडेका ट्रकबाटै मल खाेसेका समाचारहरू पनि मिडियामा छाइरहेका थिए। यसपालीकाे हालत पनि उस्तै छ।

प्रमुख राजनीतिक दल: नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समावजादी सबैले आफ्नाे चुनावी घाेषणापत्रमा समेटेका छन्। तर यसलाई जितेपछि कत्तिकाे कार्यान्वयनमा ल्याउँछन् या अहिलेजस्तै समस्या रहला याे त समयले नै बताउला।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?