सिमकोट – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा हेलिकोप्टर चार्टर गरेर मतपत्र र निर्वाचन सामग्री आइपुुगेको छ।
यातायात सहज नभएपछि निर्वाचन आयोगको प्रदेश कार्यालय सुुर्खेतले हेलिकोप्टरबाट ढुवानी गरेर ती सामग्री पठाएको हो।
निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुुर रानाका अनुुसार चारै किसिमका मतपत्र र ४३ किसिमका निर्वाचन सामग्री जिल्लामा आइपुुगेको छ। करिब ७० हजार मतपत्र १५० पेटी छन्।

यसअघि १५ प्रकारका निर्वाचन सामग्री आइसकेका थिए। बाँकी पनि आएपछि उनले अब आयोगबाट आउने सबै सामान जिल्लामा आई पुुगेको बताउनुुभयो। नेपाली सेनाको हेलिकोप्टरबाट एक उडानमा मतपत्र र सामग्री सुर्खेतबाट ढुवानी भएका हुन्।
मतपत्र र सामग्री बुुझाउन आयोगको प्रदेश कार्यालय सर्खेतका प्रमुख दुुर्गाप्रसाद चालिसे आएका थिए। निमित्त प्रमुख रानाले मतपत्र र सामग्री बुझ्ने कार्य भएको बताए।
जिल्ला आइपुुगेका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन सामग्री निर्वाचन कार्यालयमा राख्ने व्यवस्था गरिएको छ।
मतपत्र आएसँगै अब निर्वाचनका लागि धेरै काम पूरा भएको र अब जिल्लामै गर्नुपर्ने कार्य बाँकी छन्।

भर्खरै
लोकप्रिय






































































































































































































