निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिक समस्या समाधान हुन्छ : नेता डा. कोइराला

निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिक समस्या समाधान हुन्छ : नेता डा. कोइराला
+
-

नवलपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् ।

गैँडाकोटमा शनिबार आयोजित आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताए ।

‘जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ’, नेता कोइरालाले भने । केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उनले स्पष्ट पारे ।

‘उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने छ’, उनले भने, ‘रुग्ण उद्योगाका बारेमा गम्भीतापूर्वक लागि परिने छ ।’

राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए । आफू चौथोपटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’