पानीको वैकल्पिक स्रोत पहिचान गरी काठमाडौँको समस्या समाधान गर्छुः प्रकाशमान सिंह

पानीको वैकल्पिक स्रोत पहिचान गरी काठमाडौँको समस्या समाधान गर्छुः प्रकाशमान सिंह
+
-

काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौँमा पानीको वैकल्पिक स्रोत पहिचान गरी समस्या समाधान गर्ने बताएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले सोमवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौँवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारले पानीको वैकल्पिक स्रोत पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए।

उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्ने भन्दै आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा उम्मेदवारलाई जिताउन आग्रह गरे।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विकास गर्न पर्याप्त ठाउँ र काम रहेकाले सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्ने बताए।

उनले गठबन्धनले जितेको खण्डमा मात्रै निर्वाचन क्षेत्रका समस्या समाधान हुने बताए।

उनले भने, ‘२ नम्बर क्षेत्रको विकास निर्माणमा तीव्रता ल्याउन साथ दिन सक्ने, तपाईंको माझमा बस्न, भिज्न, बोलाएको समयमा आउने माननीय चाहिएको भए ओनसरी घर्तीलाई जिताउनुस्। साँखु सहरको सभ्यता, संस्कृतिलाई जगेर्ना गर्नुपर्छ। राम्रो उम्मेदवार गठबन्धनले प्रस्तुत गरेको छ, सोचेभन्दा बढी काम गर्नुहुन्छ। यो क्षेत्रमा पनि शुद्ध खानेपानीको समस्या छ। पानीका लागि हामीले अब काठमाडौँमा जित्नेहरूले वैकल्पिक पानीको स्रोत पहिचान गरी पूरापुर सदुपयोग गर्न काम गर्नुपर्छ। हामी त्यसका काम गर्नेछौँ। हामीले प्रविधिलाई प्रयोग गरी पानी संकलन गरेर काठमाडौँभर पानी दिन सक्ने क्षमता बनाउन वैकल्पिक पानीको केन्द्र अघि बढाउँछौँ।’

नेता सिंहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को पुरानो साँखु सहरको सभ्यता र संस्कृति जगेर्ना गर्नुपर्ने बताए। नेता सिंह सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’