काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सुम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन्।
बुधबार भिडियो सन्देशमार्फत आग्रह गर्दै ओलीले मतदाताले स्पष्ट निर्णय लिने समय आएको बताए।
उनले भने, ‘‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने तय गर्छ, शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा?’
भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झनसमेत आग्रह गरेका छन्।
देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको भन्दै एमाले ओलीले ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहे मुलुक बर्बाद हुनेछ।’

भर्खरै
लोकप्रिय






































































































































































































