नेपालगञ्ज – नेपालगञ्जमा बम बिस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बिस्फोट भएको हो ।
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीको अखिल क्रान्तिकारी बाँकेको जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा बिस्फोट भएको जनाइएको छ ।
प्रेसर कुकर बम बिस्फोट हुँदा क्षेत्री र धर्म सुनार घाइते भएका छन् । सुनारको अवस्था गम्भीर रहेको छ ।
घाइते दुवैलाई भेरी अस्पतालमा ल्याइएकोमा केहीबेरको उपचारपछि सुनारलाई नेपालगञ्ज मेडिकल कलेज लैजाने तयारी भएको छ । विप्लव नेकपाले चुनाव बहिष्कारको नीति लिएको छ ।
चुनावको बेलामा तर्साउनका लागि बम बनाउने क्रममा बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































