लुम्बिनी प्रदेशको अस्थायी राजधानी पुनः बुटवल सार्न कांग्रेस र एमाले सांसदहरू एकसाथ

लुम्बिनी प्रदेशको अस्थायी राजधानी पुनः बुटवल सार्न कांग्रेस र एमाले सांसदहरू एकसाथ
+
-

बुटवल – गृहमन्त्री एवम् सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रुपन्देही- ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको राजधानी हचुवामा दाङ सारिएको बताएका छन्।

गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताएका हुन्।

चुनावी घरदैलोका क्रममा बाेल्दै उनले रुपन्देही सबै जिल्ला र केन्द्रीय राजधानी तथा मुख्य सहरहरूसँग पनि सहज जोडिएकाले बुटवललाई अस्थायी राजधानी तोकिए पनि कोरोनाकालमा देश लकडाउन भएको बेला बुटवलबाट दाङ सारिएकोमा रुपन्देहीका जनतामाथि अन्याय भएको बताएका हुन्।

रुपन्देही पूर्वाधारका हिसाबले पनि सुगम भएकाले राजधानीका लागि उपयुक्त स्थान भएकाले उनकाे भनाइ छ। गृहमन्त्री खाँणले अहिलेको जस्तो सहज समयमा राजधानी सार्न खोजेको भए निर्णय गर्न नै नसक्ने अवस्था सिर्जना हुने बताए ।

उनले दाङमा लुम्बिनी प्रदेशको राजधानी सार्नु उचित नभएकाले राजधानी बुटवलमा नै फर्ता गर्न जनताको साथ र सहयोगको अपेक्षा राखेको बताए ।

गृहमन्त्री खाँणले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा सात प्रदेशमा अस्थायी राजधानीको मुकाम उहाँले तोक्नुभएको हो। ५ नम्बर प्रदेशको राजधानी बुटवलमा तोकियो। बुटवलमा जुन खालको भौतिक पूर्वाधारको अवस्था, अन्तर्राष्ट्रिय एयरपोर्ट पनि भैरहवामा नै छ। गौतमबुद्धको जन्मस्थल पनि यसै जिल्लामा पर्छ। त्यसकारण यो जिल्लाबाट वा रुपन्देही, बुटवलबाट विदेश जान पनि सहजता छ, काठमाडौँसँग पनि कनेक्सन सुगम छ। पोखरासँग पनि यसको कनेक्सन छ, सांस्कृतिक, भौतिक सबै कुराले बुटवल अस्थायी राजधानीका लागि उपयुक्त थियो, त्यही अनुसार यहाँ राखिएको थियो। राजधानीलाई एकदम हचुवाको भरमा बुटवलबाट बाहिर सार्नु उचित थिएन। हिजो पनि बुटवलमै राख्न प्रधानमन्त्रीसँग आग्रह गरिएको हो, आज पनि छ। यसमा जनताको साथ सहयोग चाहिन्छ, मुलुक नै कोरोनाका कारण लकडाउन भएको बेलामा उहाँले निर्णय गर्नुभएको हो। सहज बेलामा निर्णय गरेको भए, निर्णय गर्न पनि सहज थिएन। रुपन्देही आसपासमा रुपन्देहीमा राजधानी राख्छौँ भनेर हात जोडेर भोट मागेकाहरूले नै लगेर बुटवलभन्दा बाहिर विस्थापित गरे। त्यसैले रुपन्देही जनता पूर्ववर्ती सरकारसँग रुष्ट हुनुहुन्छ। यो रुपन्देही र बुटवलका नागरिकप्रति अन्याय जस्तो भएको छ।’

यता नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेल पनि कांग्रेस नेता खाँणको भनाइमा सहमत छन् ।

उनले आफूले लुम्बिनी प्रदेशको राजधानी बुटवलमा नै हुनुपर्ने कुरा बारम्बार भनिसकेको बताए । चुनावी घरदैलोका क्रममा उनले आफ्नो निर्णय विपरित प्रदेश सभाले बुटवलबाट अन्यत्र सारे पनि केन्द्र र प्रदेशको राजधानी हुनका लागि आधारभुत आवश्यक्ताका दृष्टिकोणले सबैभन्दा उपयुक्त ठाउँ बुटवल नै जिकिर गरे।

उपाध्यक्ष पौडेलले प्रदेशसभाको निर्णय उसको अधिकार भएपनि प्रदेश सभाले चाहेमा पुनः प्रदेशको राजधानी अन्यत्र सार्नसक्ने बताए।

‘मैले प्रदेशको राजधानी र केन्द्र कहाँ हुनुपर्छ भन्नेकुरा भनिसकेको छु। मेरो निर्णय भन्दा विपरित प्रदेश सभाले निर्णय गरेको छ। तर यो निर्णयले बुटवलको निर्णयको औचित्य खण्डित गर्न सक्दैन। केन्द्र र प्रदेशको राजधानी हुनका लागि जेजस्ता आधारहरू चाहिन्छन्। त्यस दृष्टिकोणले हेर्दा सबैभन्दा उपयुक्त ठाउँ रुपन्देही हो, बुटवल हो। जहाँसम्म प्रदेशसभाले निर्णय गरेको छ, त्यो उसको अधिकारको विषय हो, सँगै यो पनि हो कि प्रदेश सभाले चाहेमा फेरि अर्को निर्णय गर्नसक्छ।’

यता, दाङका उम्मेदवारहरू भने राजधानी दाङमै राख्नुपर्ने र आफूले जिते दाङमा राख्ने दावी गरेका छन्।  नेकपा एमालेकाे तर्फबाट दाङ-१ की उम्मेदवार शान्ता चाैधरीले आफूहरूले जितेपछि प्रदेशकाे राजधानी दाङमा सार्ने बताएकी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?