रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउँछौँः विष्णु पौडेल

रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउँछौँः विष्णु पौडेल
+
-

काठमाडौँ – एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देही देशकै मोडल जिल्ला बनाउने बताएका छन्।

उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकालीन महत्वका केही महत्वपूर्ण आयोजना सुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधीन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गरे।

उनले रुपन्देहीमा निजी क्षेत्रको लगानीको आकर्षण बढीरहेको बताए। उनले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहित बनाउन विकासका कामलाई तीव्रता दिने बताए।

उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए।

उनले लुम्बिनीलाई विकासका दृष्टिबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधार निर्माणलाई तीव्र बनाइरहेको बताए।

उनले भने, ‘विकासका सन्दर्भमा दीर्घकालीन महत्वका केही महत्वपूर्ण आयोजना सुरु गरेका छौँ। केही सम्पन्न भएका छन्, केही निर्माणाधीन अवस्थामा छन्। केही सुरु हुने अवस्थामा छन्। त्यसले रुपन्देहीमा निजी क्षेत्रलाई पनि उल्लेखनीय मात्रामा आकर्षण बढेको छ। लगानीका दृष्टिले पनि महत्वपूर्ण स्थान बन्दै छ। समग्रमा एकातिर लुम्बिनी छ, अर्कोतिर दीर्घकालीन महत्वका, रणनीतिक महत्वका पूर्वाधारका कार्य सुरु गरेका छौँ। अर्कोतर्फ निजी क्षेत्रको आकर्षण बढिरहेको छ। साथै, मानवीय विकासका पक्षमा पनि हामीले शिक्षा, स्वास्थ्यजस्ता विषयमा आवश्यक ध्यान दिइरहेका छौँ।’

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले नेकपा एमालेले घोषणापत्रमा राखेका प्रतिबद्धता कार्यान्वयन हुन सक्ने मात्रै रहेको भन्दै घोषणापत्र कार्यान्वयनका लागि प्रभावकारी प्रयास जरुरी रहेको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’