काठमाडौँ – निर्वाचनका लागि काठमाडौँबाट गाउँ जानेहरू बढेसँगै काठमाडौँ सुनसान बनेको छ।
मतदान गर्न जानेको संख्या बढेसँगै काठमाडौँका सडक खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ। काठमाडौँको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशालालगायत क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिए पनि काठमाडौँका भित्री गल्लीमा मानिसको चहलपहल कमै दखिन्छ।
मंसिर ४ गते आइतबार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ। निर्वाचनमा आफ्नो मौलिक अधिकार प्रयोग गर्न र देश विकासका लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाबाट काठमाडौँ आई बसोवास गर्नेहरू आफ्नो गृहजिल्ला फर्किंदा काठमाडौँ सुनसान बनेको हो।
त्यस्तै, काठमाडौँका सुनसान सडकमा सुरक्षाकर्मीले भने सुरक्षा दिइरहेका छन्। निर्वाचन बिथोल्न सक्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षाकर्मी सुरक्षाका लागि तैनाथ छन्।
यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्र धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ। निर्वाचन आयोगले भने निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी सकिसकेको जनाएको छ। निर्वाचन भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

भर्खरै
लोकप्रिय






































































































































































































