आज आमआमनिर्वाचन: २७५ प्रतिनिधिसभा र ५५० प्रदेशसभा सदस्य छानिँदै

आज आमआमनिर्वाचन: २७५ प्रतिनिधिसभा र ५५० प्रदेशसभा सदस्य छानिँदै
+
-

काठमाडौँ- देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ ।

निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा सांसद र ५५० प्रदेशसभा सांसदका लागि मतदान हुनेछ ।

यसका लागि मतदाताले प्रतिनिधिसभा प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा प्रत्यक्ष, प्रदेशसभा समानुपातिक गरी चारवटा मतपत्रमा मत खसाल्नुपर्नेछ ।

कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ छन् । अस्थायी मतदाता ४ लाख ५० हजार छन् ।

२२ लाख ९४ हजार १९ जना पहिलो पटक मतदानमा सहभागी हुँदै छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ दलका १ हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । प्रदेशसभामा ३ सय ३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् भने समानुपातिकमा ३ हजार ७०८ जना उम्मेदवार छन् ।

मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारी अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाइ, लाइटर लैजान निषेध गरिएको छ ।निर्वाचनका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

मतदानस्थलको सुरक्षाका लागि २ लाख ९८ हजार सुरक्षाकर्मी खटिएका छन् । आयोगका अनुसार ७१ हजार ६ सय ९३ प्रहरी, १ लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८ सय ४९ सेना, ३५ हजार १ सय १६ सशस्त्र प्रहरी र १ हजार ८ सय २१ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन्।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’