काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमले मतदान गरेका छन् । उनले आइतबार बिहान गुह्येश्वरी मावि मतदान केन्द्र थापाथलीबाट मतदान गरेका हुन् ।
उनले करिब डेढ घण्टा मतदातासँगै लाइनमा बसेर मतदान गरेका हुन् । क्षेत्र नम्बर १ का अर्का उम्मेदवार प्रकाशमान सिंहले भने क्षेत्र नम्बर ७ बाट मतदान गरे ।
यस्तै, बमका अर्का प्रतिस्पर्धी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पनि ललितपुर- ३ बाट मतदान गर्ने छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उम्मेदवार रहेका बम भने क्षेत्र नम्बर १ कै स्थानीय भएकाले उनले यही क्षेत्रबाट मत हालेका हुन् ।
हेर्नूहाेस् थप तस्बिरहरू:


भर्खरै
लोकप्रिय






































































































































































































