काठमाडौँ – देशभर दिउँसो करिब १ बजेसम्ममा ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले पत्रकार सम्मेलन गरेर मतदानमा बिहानको समयमा उत्साह कम देखिएको बतायो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘प्रारम्भिक अनुमानमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान भएको भन्ने छ ।’
बिहानमा चिसो भएका कारण मतदानमा कम उत्साह देखिएको हुन सक्ने उनले बताए ।
‘काठमाडौँमै पनि बिहानै मतदाता त्यति आएको देखिएन । १०–११ बजेपछि मतदाताको भिड देखिन थालेकाले अब दिनको दोस्रो खण्ड अर्थात दिउँसो मतदान बढी हुन्छ भन्ने अपेक्षा छ’, उनले भने । अहिले नै मत कति खस्ला भनेर अनुमान गर्न नसकिने आयोगले जनाएको छ ।
मतपेटिका आइसेकपछि बेलुका राजनीतिक दलहरु बसेर छलफल गर्ने र त्यसपछि मतगणना हुने प्रवक्ता पौडेलले बताए । ‘कम्तीमा देशका केही स्थानमा आज अबेर रातिदेखि मतगणना सुरु हुनेछ’, उनले भने ।

भर्खरै
लोकप्रिय






































































































































































































