वीरगञ्ज – आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्बाचनको मतदानको क्रममा जिल्लामा ५१ प्रतिशत मत खसेको अनुमान गरिएको छ।
पर्सामा करिब ५१ प्रतिशत मत खसेको मुख्य निर्बाचन अधिकृत बिनोद कुमार पोखरेलले जानकारी दिए ।
मतगणना स्थलमा मतपेटिका पुगिसकेपछि यकिन तथ्यांक आउने उनले बताए । जिल्लामा ३ लाख ४५ हजार ९सय २८ मतदाता रहेका छन ।मतदानको लागि ४ सय १२ मतदान केन्द्र र १ सय ६७ मतदानस्थल तोकिएको थियो ।
जिल्लाका सबै मतदान केन्द्रका शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको तथा मतपेटिकाहरु मतगणना स्थलमा आएपछि सर्बदलीय बैठक बसी मतगणना सुचारु गर्ने पोखरेलले बताए ।

भर्खरै
लोकप्रिय






































































































































































































