
काठमाडौँ – काठमाडौँ- ७ मा मतगणना जारी रहेकाे छ । प्रतिनिधिसभातर्फको मतगणना भइरहेको साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले(घण्टी)ले सुरुवाती अग्रता कायम गरेकाे छ ।
याे समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मत प्राप्त गरी सुरुवाती अग्रता कायम गरेका छन् ।
दाेस्राे स्थानमा नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गरेका छन् भने तेस्राे स्थानमा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई(अस्मिता सिंह) रहेकी छन् । उनकाे मत ७५ रहेकाे छ ।
साे क्षेत्रमा हालसम्म ७ सय ९ मत गणना भएकाे छ ।