
काठमाडाैँ- काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएकाे छ। प्रकाशमानले ८ सय १७ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्।
उनलाई ७ सय ३६ मत ल्याइ राप्रपाका रवीन्द्र मिश्रले पच्छाइरहेका छन्। यस्तै, ५२८ मत ल्याइ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम छन्।
यसैगरी, नेकपा एमालेका किरण पौडेलले ४ सय ९६ मत प्राप्त गरेका छन् भने नेपाल सुशासन पार्टीका रमेश प्रसाद खरेरले ३ सय ५७ मत प्राप्त गरेका छन्।
त्यहाँ हालसम्म ३ हजार १८९ मत गणना भएकाे छ। गणना भएकाे मध्ये प्रत्यक्षतर्फ ३ हजार ८२ मत सदर भएकाे छ भने १ सय ७ बदर भएकाे छ ।