
पोखरा – सत्ता गठबन्धनले मुस्ताङबाट जितकाे खाता खाेलेकाे छ। गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका प्रेमबहादुर तुलाचनलाई पराजित गर्दै प्रतिनिधिसभामा पहिलो जीत हासिल गरेसँगै गठबन्धनले जितकाे खाता खाेलेकाे हाे।
गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन्।
विजयी गाैचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन्। २९ वर्षीय योगेश पहिलो प्रयासमै संसद् छिर्न सफल भएका छन् ।
उनी कांग्रेसले उम्मेदवार बनाएकामध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्।
प्रतिस्पर्धामा उत्रीएका गौचन र तुलाचन नाताले सालाभेना हुन् । ०७४ को निर्वाचनमा तुलाचनले योगेशका बुवा रोमिलाई पराजित गरेका थिए ।
छोरालाई काङ्ग्रेसको टिकट सुम्पिएका रोमिले छोरामार्फत नै हारको बदला लिएका छन् ।