
काठमाडाैँ- काठमाडौँ- ४ मा नेपाली कांग्रेसले अग्रता लिएकाे छ।
जारी मतगणनामा कांग्रेसका उम्मेदवार गगनकुमार थापाले ६६८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका राजन भट्टराईले ६३३ मत ल्याई थापालाई पच्छाइरहेका छन्।
यस्तै, राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले ६४ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईंले २८ र हाम्राे नेपाली पार्टीका अर्चन शम्शेर राणाले १९ मत ल्याएका छन्।