झापा – झापामा तीनवटा क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन् ।
३८७७ मत गन्दा घिमिरेले १४३२ मत प्राप्त गरेका छन् । त्यसैगरि माओवादी केन्द्रका हरि रानाले ८४९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत पाएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा अहिलेसम्म मतगणना भएको छैन ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार रहेको क्षेत्र नं ३ मा भने केही बेर अघिदेखि मतगणना शुरु भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी रहेको क्षेत्र नम्बर ५ मा पनि मतगणना केहीबेर अघि सुरु भएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































