हिमालपारिबाट युवा नेतृत्वको उदय

हिमालपारिबाट युवा नेतृत्वको उदय
+
-

पोखरा– प्रतिनिधि सभामा नेपाली कांग्रेसले उठाएका उम्मेदवारमध्ये सबैभन्दा कान्छा हुन् २९ बर्षे योगेश गौचन थकाली। एक मात्र निर्वाचन क्षेत्र रहेको हिमालपारिको जिल्ला मुस्ताङबाट उम्मेदवारी दिएका उनका प्रतिस्पर्धी थिए, नेकपा एमालेका ६० बर्षे प्रेम तुलाचन। प्रेम र योगेश साला–भेना हुन्।

मुस्ताङका दुई पुस्ताको चुनावी भिडन्तको दृश्य रोचक थियो। योगेश पहिलो प्रयासमै संसदमा डेब्यु गर्न चाहन्थे त तुलाचन फेरि संसदमा दोहोरिने दाउमा थिए। कांग्रेस छाडेर एमाले प्रवेश गरेका प्रेमसँगको प्रतिस्पर्धामा योगेशलाई जित निकाल्न सहज नभएको चर्चा हुन्थ्यो।

एमालेले पनि कन्फर्म जित्ने सूचीमा मुस्ताङलाई राखेको थियो। किनकि २०७४ को निर्वाचनमा तुलाचनले योगेशका बुवा रोमी गौचन थकालीलाई पराजित गर्दै एमालेलाई बलियो सावित गरेका थिए। तर, यसपालि तुलाचनको संसदीय यात्रामा ब्रेक लगाइदिँदै योगेश निर्वाचित भएका छन्। पाँच दलीय सत्ता गठबन्धनका लागि योगेशको जितले खातासमेत खुलेको छ। कांग्रेसले रेड जोनमा राखेको क्षेत्रमा जित निकाल्दै योगेशले बाउले व्यहोरेको हारको बदला लिएका छन्।

८५९ मतान्तरले विजयी हुँदै हिमालपारिबाट युवा नेतृत्वको उदय भएको छ। देशभर युवा नेतृत्वको लहर चलिरहेको समयमा थकालीले ३ हजार ९५७ मत प्राप्त गरे। तुलाचनले ३ हजार ९८ मत पाए। मुस्ताङमा भएका १० हजार ९५७ मतदातामा ७ हजार २३० जना सहभागी भएर मत खसालेका थिए।

२०५० साल वैशाखमा मुस्ताङको लेतेमा जन्मिएका योगेश आफ्नै बलबुताले टिकट पाएका भने होइनन्। मुस्ताङ कांग्रेसमा रोमी गौचनको रजगज चल्छ। यसपालि पनि टिकट रोमीकै हातमा थियो। उनले आफूले नलिएर पुस्तानतरण गर्दै छोरालाई टिकट दिए।

योगेशले नेविसंघबाट राजनीतिक यात्राको सुरुवात गरेका हुन्। कांग्रेसको लेते गाउँ सभापति, जिल्ला सदस्य हुँदै १४ औँ महाधिवेशनबाट गण्डकी प्रदेश कार्यसमिति सदस्य बनेका छन्। भारतबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएर योगेश व्यापार व्यवसायमा पनि क्रियाशील छन्।

चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने उनी बताउँछन्।

गत स्थानीय तहको चुनावमा एमालेले मुस्ताङका ५ स्थानीय तहमध्ये ४ गाउँपालिकाको अध्यक्ष जितेको थियो। कांग्रेसले १ अध्यक्ष र २ उपाध्यक्ष जितेको थियो।

यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद हुनेछन्। देशभर युवा नेतृत्वको लहर चलिरहेको बेला मुस्ताङबाट योगेशको उदयसँगै इतिहास रच्न सफल भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?