जनकपुरधाम – जनमत पार्टीले प्रदेशसभा तर्फ मधेस प्रदेशमा खाता खोलेको छ । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा जनमतका उम्मेदवार निर्वाचित भएका छन् ।
यस्तै, क्षेत्र नम्बर २ को (क) मा सतिश कुमार सिंह मत गन्न बाँकी रहेको भन्दा बढीको अन्तर बनाएका छन् ।
महेश १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुमार यादव ७ हजार २३ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका हुन् ।
यस्तै, सप्तरी २ को (क) मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए । हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सतिश ७ हजार ५७३ मतको अग्रता लिएका छन् ।
यहाँ जनमतका सतिशले १४ हजार ३२२ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साह ६ हजार ७४९ मतसहित दोस्रो स्थानमा रहेका छन् । अब गणना गर्न रहेको सबै मत साहलाई परेपनि उनी पराजित हुनेछ ।

भर्खरै
लोकप्रिय






































































































































































































