
काठमाडाैँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ।
मंगलबार अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उक्त मतगणना हुँदा नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका छन्। उनले छ हजार तीन सय ४९ मतसहित अग्रता कायम राखेका हुन्।
त्यस्तै, लोकतान्त्रिक-वाम गठबन्धनका विरोध खतिवडाले छ हजार आठ मत प्राप्त गरेका छन्। बर्तौला खतिवडाभन्दा तीन सय ४१ मतले अगाडि छन्।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले दुई हजार दुई सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली दुई सय ६३ मत प्राप्त गरेका छ भने आठ सय नौ मत बदर भएको छ।
यस्तै, जिल्लाको क्षेत्र नं १ मा १५ हजार एक सय ५३ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवारी दिएका महालक्ष्मी उपाध्याय डीनाले छ हजार नौ सय ५२ मत, सूर्य चिह्न लिएर उम्मेदवारी दिएका राप्रपाका नेपालका अध्यक्ष कमल थापाले चार हजार आठ सय ९६ मत र राप्रपाका अध्यक्ष दीपकबहादुर सिंहले एक हजार आठ सय तीन मत प्राप्त गरेका छन्।