
पोखरा – नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदार सुरेन्द्रराज पाण्डे भारी मतान्तरले निर्वाचित भएका छन्।
उनी गोरखा २‘ख’ बाट ११ हजार ५२२ मतान्तरले विजयी भएका हुन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेको पाण्डेले १६ हजार ८८२ मत पाए।
उनका प्रतिस्पर्धी नेकपा एमालेका वसन्त गुरुङले ५ हजार ३६० मत ल्याएका छन्। २७ हजार ३७२ मत खसेको छ।
हालसम्म गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले १० सिट जितेको छ। बाग्लुङमा ४, मुस्ताङमा २, गोरखामा २, तनहुँ र म्याग्दीमा १/१ सिट जितेको छ।
नेकपा एमालेले कास्की र तनहुँमा १/१ सिट जितेको छ। नेकपा माओवादीले म्याग्दीबाट गण्डकी प्रदेश सभामा खाता खोलेको छ।