
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडाैँ- ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठले विजय उत्सव मनाएका छन्।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा साे क्षेत्रबाट उम्मेदवारी दिएका उनी बुधबार आएकाे मतपरिणाम अनुसार १० हजार १०५ मतका साथ विजयी भएका हुन्।

विराजभक्त श्रेष्ठ। तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार।
नेतृत्व तहमा युवाहरूकाे पनि प्रतिनिधित्व रहनुपर्ने बताउँदै युवाहरूकाे प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका उनी फराकिलाे मतान्तरका साथ विजयी भएका हुन्।
युवाहरूकाे राम्राे साथ पाएका उनी आज विजयी भएसँगै युवाहरूकाे साथै विजय उत्सव मनाउन निस्किएका हुन्।

तस्बिर: रवीन आचार्य/देशसञ्चार।
साे क्षेत्रमा उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत प्राप्त गरेका छन्।
सायमी यसअघि वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा काठमाडाैँ महानगरपालिकाकाे मेयर पदका प्रत्याशी पनि हुन्।
विराजभक्तका अर्का प्रतिष्पर्धी बहालवाला मन्त्री हुन्। नेकपा एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मतसहित तेस्रो स्थानमा सीमित रहे।
यस्तै, राप्रपाका प्रकाश रिमालले ४ हजार ३८२ मत पाएका छन्।