
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतान्तर थप फराकिलो बनाउँदै लगेका छन्।
झापा निर्वाचन क्षेत्र-५ बाट अग्रता कायम राखेका उनले मतगणनाको सुरुवातदेखि नै उनी अग्रस्थानमा छन्।
अध्यक्ष ओलीले ३९ हजार ९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १९ हजार ३८५ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ८ हजार ७४३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।