बागलुङ – बागलुङ क्षेत्र नम्बर २ मा ३६ हजार४ सय ८१ मत गणना गर्दा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन्।
माओवादीका देवेन्द्र पौडेल १८ हजार ३ सय २० मतका साथ अगाडि बढिरहेका छन्। उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छन्।
पौडेल र चालिसेबीच अहिले २ हजार २ सय ८५ मतान्तर छ। त्यस्तै, तेस्रो स्थानमा १ हजार ५ सय ६३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तिला खत्री रहेको छ।
यसैगरी स्वतन्त्र उम्मेदवार तुलसीराम अर्यालले २ सय ६७ मत प्राप्त गरेका छन्। नेपाल दलित पार्टीका टेकप्रसाद कामीले १ सय७७ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङले ९१ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार स्वतन्त्र उम्मेदवार डिलबहादुर कार्कीले २८ मत प्राप्त गरेका छन्।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचनले १५ हजार १ सय ८ सहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी प्रकाश घर्तीले १२ हजार ८ मत प्राप्त गरेका छन्।
साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका द्रोणकुमार कुँवरले १२ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पुन ८ हजार ७ सय ३७ मत प्राप्त गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































