
पोखरा – लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई पराजित गर्दै पृथ्वीसुब्बा निर्वाचित भएका हुन्।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा र माओवादीका महासचिव देवबीच ३ हजार १८८ मतान्तर छ।
पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याउदा देवले ३१ हजार ७८१ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१, मंगोल नेशनल अर्गानाइजेसनका विकास गुरुङले ४५७ मत पाएका छन्।
१ लाख ३३ हजार ५५९ मतदात रहेको लमजुङमा ८० हजार ९१७ मत खसेको थियो। लमजुङका दुवै प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
प्रदेश‘क’ मा कांग्रेसका टकराज गुरुङले एमालेका जमिन्द्रमान घलेलाई १ हजार १६१ मतान्तरले पराजित गरे। गुरुङले १८ हजार ५०४ मत ल्याए। घलेले १७ हजार ३४३ मत पाएर पराजित भए।
प्रदेश‘ख’ मा कांग्रेसका भेषबहादुर पौडेलले एमालेका कृष्णप्रसाद अधिकारीलाई ७५४ मतान्तरले हराए। पौडेलले १९ हजार ५५७ र अधिकारीले १८ हजार ८०३ मत पाए।