
काठमाडाैँ- ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन्।
निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार १३६ मतसहित विजयी भएकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन्।
खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले आठ हजार ७६९ मत प्राप्त गरेका छन्।
विजयी भएसँगै ताेसिमाले आफ्नाे क्षेत्रका मानिसप्रति आभार व्यक्त गरेकी छन्। साथै उनले आफ्नाे क्षेत्रका समस्याहरू संसदमा पुर्याउने प्रढ पनि गरेकी छन्।
समर्थकहरूले ताेसिमालाई मात्र नभइ उनकी आमालाई पनि खादा, माला र अबिर लगाइदिएका थिए।
तस्बिरहरू: सुलभ श्रेष्ठ/ देश सञ्चार
