
कैलाली – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता डिल्लीराज पन्त विजयी भएका छन् ।
उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारदमुनि रानालाई १ हजार ७१ मतले पछाडि पार्दै विजयी भएका हुन् ।
पन्तले २१ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाएका छन् ।
यस्तै प्रदेश (क) मा गठबन्धन तर्फका माओवादी उम्मेदवार रमेश धामी र (ख) मा कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् ।