
बुटवल – रुपन्देही– १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन्।
विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरे।
विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन्। भुसालले एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो।