
काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। सोमबार बिहान दोलखाको मतगणना सकिएसँगै प्रत्यक्षतर्फको सबै नतिजा आएको हो।
मतपरिणामअनुसार १६५ वटा निर्वाचन क्षेत्र मध्ये ५७ वटामा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको छ। दोस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ४४ सिट जितेको छ। माओवादी केन्द्र १८ सिट जितेर तेस्रो स्थानमा छ।
चौथो स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले १० सिट जितेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ सिट जितेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ सिटमा विजय हासिल गरेका छन्। जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समान १/१ सिट जितेका छन्।
पाँच जना स्वतन्त्र उम्मेदवार पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरुको सूची :
मोरङ ३- सुनिलकुमार शर्मा
झापा १- विश्वप्रकाश शर्मा
मोरङ ६- डा. शेखर कोइराला
ओखलढुंगा १- रामहरि खतिवडा
संखुवासभा १- दीपक खड्का
उदयपुर १- डा. नारायण खड्का
तेह्रथुम १- सीता गुरुङ
मोरङ १- डिगबहादुर लिम्बु
सुनसरी ४- ज्ञानेन्द्रबहादुर कार्की
रौतहट ४- देवप्रसाद तिमल्सेना
पर्सा २- अजयकुमार चौरसिया
पर्सा ४- रमेश रिजाल
सप्तरी ४- तेजुलाल चौधरी
महोत्तरी ४- महेन्द्रकुमार राय
सप्तरी ३- दिनेशकुमार यादव
धनुषा २- रामकृष्ण यादव
रामेछाप १- पुर्णबहादुर तामाङ
सिन्धुपाल्चोक २- मोहनबहादुर बस्नेत
नुवाकोट २- अर्जुननरसिंह के.सी.
धादिङ २- रामनाथ अधिकारी
रसुवा १- मोहन आचार्य
काठमाडौं ४- गगन कुमार थापा
काठमाडौं ५- प्रदीप पौडेल
सिन्धुली १- श्याम कुमार घिमिरे
ललितपुर १- उदयशम्शेर जबरा
काठमाडौं ३- सन्तोष चालिसे
काठमाडौं १०- राजेन्द्रकुमार के.सी.
भक्तपुर २- दुर्लभ थापा क्षेत्री
काठमाडौं १- प्रकाशमान सिंह
गोरखा १- राजेन्द्र बजगाई
स्याङ्जा २- धनराज गुरुङ्ग
तनहुँ २- शंकर भण्डारी
तनहुँ १- रामचन्द्र पौडेल
म्याग्दी १- खम बहादुर गर्बुजा
स्याङ्जा १- राजु थापा
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २- विष्णु कुमार कार्की
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १- शशांक कोइराला
मुस्ताङ १- योगेश गौचन थकाली
मनाङ १- टेक बहादुर गुरुङ
दाङ ३- दिपक गिरी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १- विनोद कुमार चौधरी
बाँके ३- किशोरसिह राठोर
बर्दिया १- सञ्जयकुमार गौतम
गुल्मी १- चन्द्रकान्त भण्डारी
कैलाली ४- वीरबहादुर बलायर
दार्चुला १- दिलेन्द्रप्रसाद बडू
कन्चनपुर ३- रमेश लेखक
अछाम २- पुष्पबहादुर शाह
कन्चनपुर २- नारायण प्रकाश साउद
कैलाली ५- डिल्ली राज पन्त
बाजुरा १- बद्री प्रसाद पाण्डे
दैलेख २- दिक्पाल कुमार शाही
डडेलधुरा १- शेरबहादुर देउवा
मुगु १- ऐनबहादुर शाही ठकुरी
सुर्खेत २- हृदयराम थानी
सुर्खेत १- पूर्ण बहादुर खड्का
कपिलवस्तु २- सुरेन्द्र राज आचार्य