एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन १८ हजार ४१२ मत अपुग

एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन १८ हजार ४१२ मत अपुग
+
-

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभासहित सातै प्रदेशको समानुपातिक तर्फको सिट बाँडफाँड गरेको छ।

मंगलबार समानुपातिक तर्फको मतगणना सर्किएसँगै आयोगले दलहरुले पाउने सिटकोा टुंगो लगाएको हो। प्रतिनिधिसभामा ७ दलले ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिकमा सिट कामय गरेका छन्।

निर्वाचन आयोगका अनुसार समानुपातिकमा एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ। त्यसको तीन प्रतिशत अर्थात् ३ लाख १६ हजार ८०३ न्युनतम मत प्राप्त गर्नसक्ने सात दललाई मात्रै आयोगले समानुपातिक तर्फका ११० सिट बाँझाँड गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा बढी एमालेले ३४ सिट, दोस्रोमा कांग्रेसले ३२ सिट, माओवादीले १४ सिट समानुपातिकमा पाएका छन्। त्यस्तै राष्टिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले पाँच पाँच सिट पाएका छन्।

सात दलले समानुपातिकमा थ्रेडहोल्ड कटाउँदा एकीकृत समाजवादीले थोरै मतका कारण समानुपातिक तर्फ सिट कायम गर्न सकेन। आयोगका अनुसार समाजवादीले २ लाख ९८ हजार ३९१ मत पाएको छ।

जुन थ्रेसहोल्ड कटाउन १८ हजार ४१२ मत कम हो। जुन २.८२ प्रतिशत मात्रै हुन्छ। समाजवादीले थ्रेसहोल्ड कटाउनका लागि एक लाख सदर मतमा थप १७५ मत ल्याउनुपथ्र्यो। १८ हजार ४१२ मत कम हुँदा उसले समानुपातिकमा चार सिट गुमाउन पुगेको छ।

त्यस्तै राम्रो मत ल्याए पनि नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेसहोल्ड कटाउन सकेन। उसले २ लाख ७१ हजार ७२२ मत पाएको छ। लोसपाले समानुपातिकमा १ लाख ६७ हजार ३६७ मत पाएको छ। मजदुर किसान पार्टीले ७५ हजार १६८ मत मात्रै पाएको आयोगले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?