कांग्रेसले कार्यसम्पादन समितिमा छलफल गरेर मात्रै समानुपातिक सांसद चयन गर्ने

कांग्रेसले कार्यसम्पादन समितिमा छलफल गरेर मात्रै समानुपातिक सांसद चयन गर्ने
+
-

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक सांसदमा पठाउने उम्मेदवारको नाम चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

आगामी शनिबार दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक डाकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

कांग्रेसले प्रत्यक्षतर्फका कुल १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनमा तालमेलको कारण ९१ क्षेत्रमा उम्मेदवारी दिएको थियो। जसमध्ये ५७ सिट जितेर कांग्रेस पहिलो दल बनेको छ। एक जना महिला मात्रै प्रत्यक्षबाट चुनिएको कारण कांग्रेसको समानुपातिकतर्फ पठाउनुपर्ने सांसदमा अधिकांस महिला हुने भएका छन्।

समानुपातिक मतमा दोस्रो दल बनेको कांग्रेसका ३२ सांसद समानुपातिकतर्फबाट जानेछन्।
कांग्रेसले समानुपातिकको बन्दसूची तयार गर्ने बेला पार्टी नेतृत्व र शीर्ष नेता निकटका व्यक्तिहरु राख्द खोज्दा विवाद भएपछि केहि नाम फेरबदल गरेको थियो। समानुपातिकतर्फ संस्थापन समूह हावी भएको भन्दै इतर समुहले असन्तुष्टि जनाउँदै आएको छ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई बुधबार पत्र पठाएको छ। आयोगले दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?