काठमाडाैँ – नेकपा एमालेले समानुपातिक सांसदको छनोट तथा निर्वाचन समीक्षाका विषयमा छलफल गर्नका लागि शुक्रबार सचिवालय बैठक डाकेको छ।
समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्नका लागि आजकाे बैठक बाेलाइएकाेएमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।
एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































